काठमाडौं महानगरपालिकाले असन क्षेत्रका फुटपाथको व्यापार हटाउन थाल्यो

  भदौ २१, २०७९

मिडियाबाजी डटकम २१ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले असन क्षेत्रका फुटपाथको व्यापार हटाउन थालेको छ । इन्द्रचोक क्षेत्रमा पछिल्लो समय अव्यवस्थित रुपमा सञ्चालनमा भइरहेको पार्किङ, मन्दिर वरिपरिको व्यवसाय हटाइरहेको महानगरले आजदेखि फुटपाथमा राखिका पसलहरु पनि हटाउन सुरु गरेको हो ।

काठमाडौं महानगरको नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार इन्द्रचोकदेखि असन क्षेत्रको फुटपाथ खालि गराउन थालिएको बताए ।असन क्षेत्रमा हिँड्ने मान्छेका लागि फुटपाथमा राखेका भाँडाकुँडा, क्रिष्टलका सामग्रीहरु, खेलौना पसल, फेन्सीका सामान, माटाका सामग्रीहरु भोलि बिहानसम्म हटाउन निर्देशन दिएको पाण्डेले बताए ।‘सडकपेटीसम्म राखेका केही सामग्री अहिले नै हटाएका छौं ।

भोलिसम्म नहटाए हाम्रो गाडी गएर उठाउँछ, अहिले असनका व्यापारीहरुलाई माइकिङ गरेर हटाउन आग्रह गरेका छौं,’ पाण्डेले भने ।असनका साँघुरा गल्लीका दुबैतिरको फुटपाथमै पसल थापेपछि यात्रुहरुलाई आउजाउ गर्न समस्या हुने गरेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर