मिडियाबाजी डटकम काठमाडौं ५ आषाढ ।महानगरपालिकाले महानगर क्षेत्रभित्रका बस स्टपमा पुराना मौलिक शैलीमा फल्चाहरु निर्माण गर्ने भएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यात्रुहरूको बिश्रामका लागि बस स्टपहरूमा फल्चा निर्माण गर्न विभिन्न संघ संस्थालाई प्रोत्साहित गर्ने बताएका छन् ।उनले महानगर आफैंले पनि यसमा लगानी गर्ने बताएका छन् । उनले डबलीहरू पनि पुनर्स्थापना गर्ने घोषणा गरे ।