काठमाडौंमा छुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले एक पक्रउ

  असार २८, २०७९

मिडियाबाजी डटकम,काठमाडौंमा छुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

कागेश्वरी मनोहरा नगरपालिका-५ थली पिपलबोटमा गत शनिबार राति पौने ११ बजे एक पुरूषमाथि छुरा प्रहार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका-१४ घर भई थली बस्ने २५ वर्षीय राजन श्रेष्ठमाथि छुरा प्रहार भएको थियो।त्यस घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको तातोपानी गाउँपालिका-४ घर भई थली बस्ने दिपेश शाक्य छन्। घटना भएको खबर पाएपछि प्रहरी वृत्त बौद्धबाट प्रहरी परिचालन भएको थियो। घाइते रहेका श्रेष्ठको उपचारको लागि अस्पताल पठाइएको थियो।यता प्रहरीले शाक्यको संलग्नता भएको पत्ता लगाएर खोजी गर्न थालेको थियो। त्यसपछि उनलाई आइतबार अपराह्न ५ बजेतिर पक्राउ गरेको प्रहरी उपरीक्षक मैनालीले बताए।

घटनामा प्रयोग भएको छुरी पनि उनको कोठाबाट बरामद भएको छ।

प्रहरीले शाक्यमाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१२ को ज्यान सम्बन्धी कसूर अन्तर्गतको ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान अघि बढाएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर