काठमाडौंमा कवाड व्यवसायीको प्रदर्शन

  असार ०३, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, असार २ ।  काठमाडौं महानगरपालिकाको डोजर आतंक बन्द गर्न माग गर्दै कवाड व्यवसायीले विरोध प्रदर्शन गरेका छन् । कवाड हटाउने निर्णयको विरोध गर्दै कवाड व्यवसायी संघर्ष समितिको अगुवाइमा आइतबार माइतीघरमा काठमाडौं महानगरविरुद्ध प्रदर्शन गरिएको हो ।

आफूहरूको व्यवसायलाई विस्थापित गर्ने उद्देश्यले चक्रपथभित्रका कवाड हटाउने निर्णय गरिएको भन्दै शान्तिपूर्ण आन्दोलनमा उत्रन बाध्य भएको उनीहरूले बताएका छन् । काठमाडौं महानगरले अदालतको आदेश समेत नमानेको भन्दै कवाड व्यवासायीले गरिबलाई पेल्ने नीति स्वीकार्य नहुने चेतावनी दिए ।

तपाईंको प्रतिक्रिया

थप खबर