काठमाडौंको दुई स्थानबाट हुन्डीको रकमसहित तीन जना पक्राउ

  भदौ ०२, २०७९

मिडियाबाजी डटकम काठमाडौं,भाद्र २। काठमाडौंबाट प्रहरीले हुन्डीको रकम सहति ३ जनालाई पक्राउ गरेको छ ।

घण्टाघर र कुलेश्वरबाट पक्राउ गरिएका आरोपीहरुको साथबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ६९ लाख नगद बरामद गरेको छ । त्यसैगरी घण्टाघरबाट ६० लाख र कुलेश्वरबाट ९ लाख रकम बरामद गरिएको काठमाडौं उपत्यका प्रहरी महाशाखा अनुसन्धान कार्यालय स्रोतले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर