मिडियाबाजी डटकम काठमाडौं,श्रावण १६। काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जनाको विभत्स हत्या भएको छ । काठमाडौं प्रहरीका अनुसार श्रीमान–श्रीमती र दुई छोराछोरी रहेका छन् । प्रहरीका अनुसार १३ वर्षकी छोरी र ८ वर्षका छोरा रहेका छन् । उनीहरूको पहिचान भने अझै खुलेको छैन ।
घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवंम् प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनाली र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी अधिकारी पुगेर अनुसन्धान सुरु गरेका छन् ।उनीहरूको हत्या कसले र किन गरेको भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्रोतका अनुसार मृतकहरुको पुर्ख्यौली घर गोरखा बोर्लाङको नारनपुर हो । मृतकहरूको थर पाण्डे रहेको प्रहरीले जनाएको छ ।