मिडियाबाजी डटकम काठमाडौँ, श्रावण २२ । लगातारको वर्षाका कारण काठमाडौं उपत्यकाका धेरै सडक जलमग्न हुँदा सवारी आवागमन अस्तव्यस्त बनेको छ । गए रातिदेखिको वर्षाले सडकमै पानीको भेल पसेपछि सवारी आवागमन अस्तव्यस्त भएको हो ।
ललितपुरको कुपण्डोल, मंगलबजार, जावलाखेल र भित्री सडकहरूमा समेत पानीको भेलले सवारी आवागमन रोकिएको छ । थापाथली पुलको जाम जावलाखेलसम्म पुगेको छ । त्यस्तै काठमाडौंको भद्रकाली, सिंहदरबार, पुतलीसडक, बालाजु क्षेत्र, स्वयम्भू, सीतापाइलालगायत क्षेत्रमा समेत बाढीले सडक अस्तव्यस्त बनेका छन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी विश्वराज खड्काका अनुसार वर्षाले काठमाडौं उपत्यकाका अधिकांश सडक अस्तव्यस्त बनेका छन् । सवारी आवागमनमा अवरोध हुँदा ट्राफिक जाम भएको उनले बताए । उनले भने, ‘हाम्रो सबै जनशक्ति अहिले सडकमै खटिएका छन्, जाम भएका सडक खुलाउने प्रयास गरिरहेका छन् ।’ उनले सवारीसाधनको चापले नभएर वर्षातले कतिपय वैकल्पिक मार्ग ९विष्णुमती, बागमती करिडोर० सडक सूचारु हुन नसक्दा मुख्य सडकहरू जाम भएका हुन् ।