मिडियाबाजी डटकम काठमाडौँ , कार्तिक २२ । तिहार सकिएलगत्तै काठमाडौं उपत्यकामा छठको रौनक सुरु भएको छ । काठमाडौं उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरी लगायतका स्थानमा छठका लागि गरिएको तयारी सकिएको छ ।
छठ पूजाका लागि काठमाडौंका नदी किनार झिलिमिल बत्तीसहित सिंगारिएका छन् । पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा आकर्षक रुपमा छठघाट निर्माण थालिएको छ ।