काङ्ग्रेस नेता गिरीलाई भेट्न पुग्नुभयो रास्ट्रपति मेडिसिटी अस्पताल

  भदौ ०४, २०७९

मिडियाबाजी डटकम काठमाडौं।काङ्ग्रेस नेता प्रदीप गिरिलाई भेट्न राष्ट्रपति विद्यादेवी भण्डारी मेडिसिटी अस्पताल पुग्नुभएको छ। नेता गिरिको स्वास्थ्य अवस्था क्रिटिकल अवस्थामा पुगेको बताइएको छ। गिरिलाई भेट्न राष्ट्रपति भण्डारी शनिवार मेडिसिटी पुग्नुभएको।ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत गिरिको अवस्था चिन्ताजनक रहेको रहेको निकट स्रोतले जानकारी दिएको छ।

भारतमा लामो समय उपचार गरेपछि गिरिलाई करिब तीन सातादेखि मेडिसिटीमा राखेर उपचार गरिँदै आएको छ। भारतमा गिरिको क्यान्सरको उपचार भएको थियो।गिरिको स्वास्थ्य बुझ्न केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवा पनि अस्पताल पुग्नुभएको थियो। यस्तै, बुधवार साँझ सभामुख अग्निप्रसाद सापकोटाले पनि गिरिको उपचारबारे अस्पतालमा पुगेर जानकारी लिनुभएको थियो।निकट स्रोतका अनुसार बिहीवारदेखि निजको स्वास्थ्य अवस्था थप जटिल बन्दै गइरहेको खबर प्राप्त भएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर