मिडियाबाजी डटकम काठमाडौं, १५ भाद्र । आगामी मंसिर ४ मा हुने प्रदेश र संघीय निर्वाचनमा उम्मेदवार हुन आकांक्षी उम्मेदवारको नाम आव्हान गरेसँगै दाबी र सिफारिस हुने क्रम जारी रहेको छ ।
यसैक्रममा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ प्रदेश (क) प्रदेश सभा सदस्यको लागि नेपाली कांग्रेसका प्रभावशाली युवा नेता रमेश रायमाझीले उम्मेदवारी दाबी गरेका छन् ।
विद्यार्थी राजनीतिबाट २०४५ सालमा राजनीतिमा प्रवेश गरेका रायमाझी २०५७ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) जनप्रशासन क्याम्पस इकाइ सभापति भएका थिए । यसैगरी २०६३ मा नेविसंघको केन्द्रीय सदस्य निर्वाचित भएका रायमाझी नेपाली कांग्रेसको १२ औं महाधिवेशनबाट काठमाडौं क्षेत्र नम्बर ९ को क्षेत्रीय सचिव चयन भएका थिए । रायमाझी हाल नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट मनोनित क्षेत्रीय सदस्य हुन् ।

सन् २०१० देखि अखिल नेपाल फुटबल संघ(एन्फा) को केन्द्रीय सदस्य रहेका रायमाझी राष्ट्रिय फुटबल टिमको व्यवस्थापक र एन्फा फुटसल समितिको अध्यक्ष भएर काम गरिसकेका छन् । ऊनीसँग विकासको मोडालिटि समेत तयार रहेको र नयाँ अयाम सहित आफु तयार रहेको बताउँछन् ।विभिन्न सामाजिक गतिविधिहरूमा समेत सक्रिय रायमाझी युवाहरूकाबीच अत्यन्तै लोकप्रिय नेता मानिन्छन् ।