कांग्रेस उम्मेदवार चढेको गाडी चितवनमा तोडफोड

  कार्तिक ३०, २०७९

मिडियाबाजी डटकम काठमाडौं ,कार्तिक ३० ।चितवन क्षेत्र नं.२ का नेपाली कांग्रेस उम्मेदवार उमेश श्रेष्ठ चढेको गाडी चितवन भरतपुरमा तोडफोड भएको छ ।

बा ३ च २०५० नम्बर रहेको टोयोटा ल्यान्ड क्रुुजर प्राडो गाडीमा अपरिचित समूहद्वारा आज बिहान अन्दाजी ११ बजेतिर तोडफोड भएको हो ।श्रेष्ठ भरतपुर महानगरपालिका वडा नं. १० पुरानो मेडिकल कलेज अगाडि चुनाव प्रचारमा थिए ।

प्रहरीले गाडी तोडफोडमा संलग्नको पहिचान नखुलेको र उनीहरूको खोजी भइरहेको जनाएको छ । गाडी रोकेर भेटघाटमा रहेको बेला तीन वटा मोटरसाइकल चढेर आएका ६ जनाको समूहले सिसा फुटाएर भागेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर