मिडियाबाजी डटकम काठमाडौँ , फागुण २ । नेपाली कांग्रेसको भ्रातृ संस्था प्रजातन्त्र सेनानी संघले २५ वर्षपछि दोस्रो अधिवेशन गर्न लागेको छ ।
२०५३ सालमा पहिलो अधिवेशन गरेको संघले ७ देखि १० फागुनसम्म दोस्रो अधिवेशन गर्न लागेका हो । तीन वर्षे कार्यकाल हुने प्रजातन्त्र सेनानी संघको दोस्रो अधिवेशन नियमित समयमा हुँदा २०५६ सालमा हुनुपर्ने थियो ।
यसबीचमा तदर्थ समितिबाट प्रजातन्त्र सेनानी संघ क्रियाशील थियो । २०५३ देखि हालसम्म चार जना अध्यक्ष बनेका छन् । संस्थापक अध्यक्ष कमल चित्रकारपछि तदर्थ समितिबाट संस्था सञ्चालित छ । चीजकुमार श्रेष्ठ, टंकमणि शर्मा कँडेल, बालकृष्ण दाहाल तदर्थ समितिका अध्यक्ष हुन् ।