तुलसीपुर, फागुन ६। नेपाल सरकारले बैशाख ३० गते एकै साथ देशभर स्थानीय तहको निर्वाचनको मिति तोकेको छ ।
सरकारले मिति तोकेसंगै दाङको तुलसीपुर उपमहानगरपालिकामा अबको मेयर को हुने ? भन्ने बारे बिभिन्न दलहरुमा बिभिन्न ब्यक्तिहरु बारे चर्चा परिचर्चा सुरु भएको छ । सत्ताको नेतृत्व गरिरहेको दल नेपाली काँग्रेसमा अझ बढी चर्चाहरु हुन थालेका छन् ।
यद्यपी प्रमुख प्रतिपक्षी नेकपा एमाले, नेकपा माओबादी केन्द्र लगाएतका दलहरु भित्रपनि संभावित उम्मेदवारका नामहरु आउन थालेका छन् । एमाले र माओबादीहरुको बारेमा अर्कौ छुट्टै समाचारमा चर्चा गरौंला । आज नेपाली काँग्रेस भित्रको कुरा गरौं ।
यतिखेर काँग्रेस भित्र पुरानै पुस्ताले मेयरको टिकट पाउँछन् कि ? युवा पुस्ताले पाउलान ? भन्ने अडकलबाजीहरु तीब्र रुपमा भइरहेका छन् ।
अग्रज नेताले पाएमा
यदी भनिए जस्तै गरि अग्रज वा पुरानै पुस्ताले टिकट पाएको खण्डमा माहादेब शाह ,कीर्तिबहादुर खड्का, घनश्याम रेग्मी, किरण शाह डिल्लीबहादुर बस्नेत,तेसैगरी क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्का सुस्मा गिरी कविता शर्मा हरु ले टिकट पाउन सक्ने काँग्रेस बृत्तमा चर्चा छ।
त्यस्तै नेता ।टोप बहादुर केसी ,नकुल के सी ,सुरेश हमाल विमल रिजाल,गोविन्द शाहाएकराज आचार्यले पनि आँफू मेयरको आकाँक्षी भएको दाबी गर्दै हिडेकाछन् इतर पक्ष दिपक गिरीले नयाँ पुस्ता लाई दिने चर्चा भएता पनि संथापन पक्ष गेहेन्द्र गिरीले पुरानै अगृज नेता लाई दिने सम्भवना वढी छ।।