असोज ११ दाङ / लोकदोहरी गितका सर्जक कमल बुढाथोकीको शब्द रहेको ‘गरिब मान्छे’ बोलको गित बजारमा सार्बजनिक भएको छ । उक्त गितमा गायिका शान्ता बस्नेत र गायक नेत्र रोकायको स्वर रहेको छ ।
मारुनी रेकर्डीङ्ग स्टुडियोमा रेकर्ड भएको गितमा अमरदीप बुढाथोकीको संगीत रहेको छ । इन्द्र संगीत बुढाथोकीको छायांकन ,सम्पादन र निर्देशनमा तयार भएको भिडियोमा निशा परियार,मनिष बुढाथोकी,सुजन बुढाथोकी,राजकुमार केसी,पेशल बुढाथोकीले अभिनय गरेका छन ।
सर्जक बुढाथोकीका दिलको ढुकढुकी , घाइते मुटु , छोडेर नाजानू, लाहुरेको छोरी, चर्कियो घरको भित्तो, बिध्यारानी लगायत गितहरु बजारमा सार्बजनिक भैसकेका छन । गितको भिडियो KB HD यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।