कत्तिक महिनामा बैंक निक्षेपमा ब्याजदर नबढ्ने

  असोज २७, २०७९

मिडियाबाजी डटकम काठमाडौं,असोज २७। कात्तिक महिनामा निक्षेपको ब्याजदर नबढ्ने भएको छ । बैंकर्सहरूको बिहीबार बसेको अनौपचारिक बैठकमा बैंकहरुले ब्याजदर बढाउन नहुने राय राखेका छन् ।बैंकर्स संघले औपचारिक निर्णय वा सहमत नगरेपनि कात्तिकमा अहिलेको भन्दा माथिल्लो तहमा ब्याजदर नलैजान सबै सहमत देखिएको एक बैंकरले जानकारी दिए ।

असोज महिनामा बैंकहरूले निक्षेपको ब्याजदर बढाएर प्रकाशित गरेका थिए । नेपाल बैंकर्स संघले असोजसम्म ६ महिनादेखि भद्र सहमति कायम गर्दै सबै बैंकमा एउटै ब्याजदर कायम गरेका थिए । राष्ट्र बैंकले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर र बचतको न्यूनतम ब्याजदरबीचको अन्तर ५ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था गरेकोले अहिले साधारण बचतको ब्याजदर पनि ७.१३ प्रतिशत छ । यस्तै राष्ट्र बैंकले व्यक्रिगत मुद्दतीको भन्दा संस्थागत मुद्दतीको अधिकतम ब्याजदर २ प्रतिशत बिन्दु कम गर्नुपर्ने व्यवस्था गरेकोले अहिले संस्थागत मुद्दती निक्षेपको ब्याजदर १०.१३ प्रतिशत कायम छ ।

राष्ट्र बैंकले श्रावणमा नै ब्याजदर बढाउन सन्देश दिएपनि अटेर गरेर बसेका बैंकहरूले एक अर्काबीच निक्षेप खोसाखोस गरेर बसेका थिए । तर, असोजको लागि भने निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दतीतर्फ नै ११.०३ प्रतिशतबाट बढेर १२.१३ प्रतिशत पुर्‍याइएको थियो । अब कात्तिक महिनामा पनि यही दर कायम रहने भएको छ । रेमिट्यान्स मुद्दतीको १३.१३ प्रतिशत न्यूनतम ब्याजदर कायमै रहनेछ ।

तपाईंको प्रतिक्रिया

थप खबर