ओली सरकार ढालेर अर्को जनमुखी  सरकार बन्ने अवस्था छैन : झलनाथ खनाल

  माघ २८, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , माघ २८ ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टीका तर्फबाट ल्याइएका नीति तथा कार्यक्रम देश र जनताका पक्षमा रहेको बताएका छन् । विराटनगरमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले अन्य पार्टीका भन्दा एकीकृत समाजवादीको नीति तथा कार्यक्रम राम्रो रहेको दाबी गरे ।

सम्मानित नेता खनालले वर्तमान सरकार ढालेर अर्को जनमुखी सरकार निर्माण हुने अवस्था नरहेको स्पष्ट गरे। उनले भने, ‘वामपन्थीहरु अब टाउको गनेर होइन, नीति तथा कार्यक्रमको आधारमा मिल्नु पर्छ, देश र जनताका पक्षमा देखिने गरी काम गर्नुपर्छ ।’

तपाईंको प्रतिक्रिया

थप खबर