मिडियाबाजी डटकम काठमाडौँ, चैत्र ७ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकार बनेपछि नेपालको परराष्ट्र सम्बन्ध भताभुङ्ग भएको आरोप लगाएका छन् ।
बाराको रानीवास बजारमा बिहीबार आयोजित सर्वपक्षीय अन्तरक्रियामा उनले ओली सरकार बनेपछि परराष्ट्र सम्बन्ध बिग्रिएको आरोप लगाएका हुन् । वर्तमान गठबन्धन सरकारका कारण जनतामा निराशा देखिएको भन्दै प्रचण्डले यसैलाई देखाएर प्रतिक्रियावादी प्रतिगामी शक्तिहरू सबै दल र पार्टी उस्तैउस्तै हुन् भन्ने भाष्य बनाएकोमा असन्तुष्टी पोखे ।