एसियाली खेलकुदको क्वाटरफाइनलमा नेपालले भारत प्रतिद्वन्द्वी पायो, भोलि बिहान खेल्ने

  असोज १५, २०८०

मिडियाबाजी डटकम काठमाडौँ, आश्विन १५ । एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले भारत प्रतिद्वन्द्वी पाएको छ । भारतसँग नेपालले भोलि बिहान नेपाली समयअनुसार पौने ७ बजे खेल्नेछ ।

समूहचरणमा मंगोलियाविरुद्ध थुप्रै विश्वकीर्तिमान तोड्ने इनिङ खेल्दै क्वाटरफाइनल पुगेको नेपालले एसियाडको उपाधि दाबेदार भारतसँग अब क्वाटरफाइनलमा भिड्ने तय भएको हो। नेपाली कप्तान रोहित पौडेलले ड्रको गोलाप्रथामा चिठ्ठा तान्दा भारत प्रतिद्वन्द्वी परेको हो ।

एसियाका ५ टेस्ट राष्ट्रहरू भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सोझै स्वाटरफाइनल पुगेका थिए । यी टेस्ट राष्ट्रहरू मध्येमा क्वाटरफाइनल प्रतिद्वन्द्वी गोलाप्रथाबाट चयन गरिएको थियो। नेपालका कप्तान रोहित पौडेलले तानेको चिठ्ठामा भारत प्रतिद्वन्द्वीका रूपमा परेको हो ।

क्वाटरफाइनलमा नेपालले भारत प्रतिद्वन्द्वी पाउँदा हङकङले पाकिस्तान प्रतिद्वन्द्वी पाएको छ । यस्तै अन्य क्वाटरफाइनलमा श्रीलंका र अफगानिस्तान तथा बंगलादेश र मलेसिया खेल्नेछन् ।

तपाईंको प्रतिक्रिया

थप खबर