मिडियाबाजी डटकम काठमाडौँ , भाद्र ८ । भारत सरकारले बिहीबार ज्वरो र रुघाखोकीका लागि प्रयोग हुने एन्टिबायोटिक, पेनकिलर र मल्टिभिटामिनलगायत १५६ फिक्स डोज संयोजित औषधिमा ‘मानिस स्वास्थ्यका लागि जोखिम हुनसक्ने’ भन्दै प्रतिबन्ध लगाएको छ। निश्चित-डोज संयोजन (एफडीसी) औषधिहरू, दुई वा बढी औषधिको संयोजन गरिएका हुन्छन्। तिनीहरूलाई ‘ककटेल’ ड्रगहरू पनि भनिन्छ।
औषधि र सौन्दर्य प्रसाधन ऐन १९४० को धारा २६ ए अन्तर्गत यी औषधिहरूको उत्पादन, बिक्री र वितरण निषेध गर्ने सूचना राजपत्रमा जारी गरिएको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयले भनेको छ, ‘यस विषयमा केन्द्र सरकार र डीटीएबीद्वारा गठित विशेषज्ञ समितिले जाँच गरेको थियो।
प्रतिबन्धको सूचीमा ‘एसेक्लोफेनाक ५० एमजी + पारा सिटामोल १२५ एमजी ट्याब्लेट’ पनि समावेश छ। यो ठूला औषधि कम्पनीहरुद्वारा निर्मित दुखाइ कम गर्ने औषधिहरूको लोकप्रिय संयोजन मध्ये एक हो।