एडीबीबाट १६ अर्ब २० करोड रुपैयाँ ऋण लिईने, अन्य मन्त्रिपरिषद्का निर्णयहरू के-के छन् ?

  मङि्सर १६, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , मंसिर १६ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता एवं सूचना, प्रबिधि तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार मन्त्रिपरिषद्ले गरेका ८ निर्णय सार्वजनिक गरेका हुन् ।

मन्त्री सुब्बाकाअनुसार एशियाली विकास बैंकबाट सरकारले १२० मिलियन अमेरिकी डलर नेपाल करिब १६ अर्ब २० करोड रुपैयाँ ऋण लिने निर्णय गरेको छ ।
उनकाअनुसार एशियाली विकास बैंकबाट क्लाइमेट रेजिलेन्ट ल्यान्डस्केप्स एण्ड लि जलवायु लचिलो परिदृश्य र जीविका परियोजनाको लागि प्रस्ताव गरिएको २२ मिलियन अमेरिकी डलर अनुदान तथा १० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने र नवीनतम यान्त्रिक सिंचाइ आयोजनाको कार्यान्वयनका लागि नेपाल सरकारलाई प्राप्त हुने ११० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र १५ मिलियन अमेरिकी उत्तर अनुदान सहायता स्वीकार गर्ने निर्णय सरकारले गरेको हो ।

यी हुन् ८ निर्णय 
१ . एशियाली विकास बैंकबाट Climate Resilient Landscapes and Livelihoods जलवायु लचिलो परिदृश्य र जीविका परियोजनाको लागि प्रस्ताव गरिएको २२ मिलियन अमेरिकी डलर अनुदान तथा १० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने।
२. एसियाली विकास बैंकबाट नवीनतम यान्त्रिक सिंचाइ आयोजनाको कार्यान्वयनका लागि नेपाल सरकारलाई प्राप्त हुने ११० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र १५ मिलियन अमेरिकी उत्तर अनुदान सहायता स्वीकार गर्ने।
३. भारतको नयाँ दिल्लीमा आयोजना हुने  29th Partnership Summitसहभागी हुन माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीलाई स्वीकृति दिने
४. चालु आर्थिक वर्ष २०८१/८२ को लागि उखुको उत्पादन लागत, दुबानी भाडा र मुनाफासमेत गरी कृषकले उत्पादन गरेको उमाको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल रु. ५८५/निर्धारण गर्ने ।
५. नेपाल सरकार र अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्थान बिच हुने समझदारी पत्र  स्वीकृत गर्ने।
६. नेपाल सरकार र इन्टरनेशनल सेन्टर फर रिसर्च इन एग्रोफोरेस्ट्री The International Centre for Research in Agroforestry -ICRAF_ and The Center for international Forestry Research -CIFOR बिच हुने समझदारी पत्र स्वीकृत गर्ने।
७. मिति २०८१ साल मङ्सिर १७ देखि २० गतेसम्म सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूबाट हुने मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा सहभागी हुने प्रतिनिधिमण्डल गठन गर्ने तथा भ्रमण स्वीकृत गर्ने।
८. गोकर्णेश्वर नगरपालिका, काठमाडौलाई नगरपालिकाको प्रशासकीय भवन निर्माणको लागि सरकारी जग्गा उपयोग गर्न स्वीकृति दिने।

तपाईंको प्रतिक्रिया

थप खबर