एक बर्षभित्र बीमा संस्थान पब्लिक लिमिटेडमा परिणत हुने

  श्रावण २९, २०७९

मिडियाबाजी डटकम काठमाडौं,श्रावण २९। संघीय संसदको प्रतिनिधिसभाबाट बीमा विधेयक–२०७९ पारित भएसँगै राष्ट्रिय बीमा संस्थान पब्लिक लिमिटेडमा परिणत हुने भएको छ । राष्ट्रिय बीमा संस्थान ऐन-२०२५ खारेज हुने व्यवस्थासहित बीमा विधेयक–२०७९ पारित भएसँगै अब राष्ट्रिय बीमा संस्थान पनि बीमा ऐन २०४९ अनुसार सञ्चालन हुनेछ ।

आइतबारको प्रतिनिधिसभा बैंठकले बीमा विधेयक–२०७९ बहुमतले पारित गरेको हो । विधेयक पारित भएसँगै विधेयकमा भएको व्यवस्था अनुसार राष्ट्रिय बीमा संस्थान एक वर्ष भित्रमा पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण हुनुपर्नेछ । हाल सञ्चालनमा रहेका बीमा कम्पनीहरूमध्ये सबै कम्पनी बीमा एने–२०४९ अनुसार सञ्चालन भए पनि राष्ट्रिय बीमा संस्थान भने राष्ट्रिय बीमा संस्थान ऐन–२०२५ अनुसार सञ्चालनमा रहेको थियो । पारित भएको बीमा विधेयकसँगै प्रमाणीकरण भएर कार्यान्वयनमा बीमा ऐन–२०४९ आउनेछ र राष्ट्रिय बीमा संस्थान ऐन–२०२५ खारेज हुनेछ ।

तपाईंको प्रतिक्रिया

थप खबर