उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ सर्वसम्मत

  चैत ३०, २०७९

मिडियाबाजी डटकम काठमाडौं, चैत्र ३० । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको पदका लागि अन्जन श्रेष्ठ सर्वसम्मत भएका छन् ।

यस अघिको निर्वाचनमा महासंघको विधानअनुसार ५० प्रतिशत मतभार कटाउन नसकेपछि पुन मतदानमा जानु परेको थियो भने रामचन्द्र संघई मैदानबाट बाहिरिएका थिए । यसबिचमा अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच सहमतिको प्रयास भएको थियो । पछिल्लो निर्णयबाट अन्जन श्रेष्ठलाई नै बरिष्ठ उपाध्यक्षको सर्वसम्मती दिएको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर