मिडियाबाजी डटकम काठमाडौं , श्रावण ५। आधुनिक नेपाली गजल अभियानको कानुनीरुपमा सल्लाहकारमा अधिवक्ता श्री कृष्ण प्रसाइँज्यू, अभियानको संरक्षकमा बाबु त्रिपाठी र प्रवक्तामा अभियानका सचिव राजेन्द्र प्रसाद भट्टलाई सर्वसम्मत रुपमा मनोनित गरेको छ। अभियानका सात प्रदेशका संयोजकज्यूहरू, गठन भएका ४२ जिल्लाका जिल्ला संयोजकज्यूहरू, ४२ जिल्ला कार्य समितका सदस्यज्यूहरू, गठन हुन बाँकी रहेका जिल्ला, गठन प्रक्रियामा रहेको सम्पूर्ण गजलप्रेमीहरूको लागि निम्न कार्यहरू अनिवार्य सम्पन्न गर्नको लागि प्रवक्ताद्वारा जानकारी गराइएको छ।
(१) नेपाल सरकारबाट नियुक्ति गरिने नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद्मा यो भन्दा अगाडि गजल विज्ञ नियुक्ति नभएको, नगरिएकोले आधुनिक नेपाली गजल अभियानको मर्मलाई आत्सात गर्दै प्रधानमन्त्रीको कार्यालय र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा अनिवार्य रुपमा १ जना गजल विज्ञ नियुक्तिका लागि माग पेश गरिने । यसका साथै नेपाल सरकारबाट नेपाल प्रज्ञा प्रतिष्ठानमा नियुक्ति गरिने प्राज्ञ परिषद्मा व्यक्ति दोहोरिने चलन रहेकोले आइन्दा व्यक्ति दोहोरिने चलन र त्यस्तो नियुक्ति अनिवार्य रुपमा रोक्न, दवाव दिनुका साथै प्रधानमन्त्रीको कार्यालय र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा माग पेश गरिने ।
(२) नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा हरेक वर्ष राष्ट्रिय कविता महोत्वस गर्दै आइरहेको तर राष्ट्रिय गजल महोत्सवको आयोजना नभएको, नगरिएकोले आधुनिक नेपाली अभियानको मर्म अनुसार (सके यही वर्ष नसके अर्को वर्षदेखि) मोती जयन्तीको अवसर पारेर अनिवार्य रुपमा राष्ट्रिय गजल महोत्सवको आयोजनाको लागि कुलपति समक्ष दवाब तथा माग पेश गरिने । साथै नेपाल प्रज्ञा प्रतिष्ठानबाट हरेक वर्ष २ वटा (एकल) गजलको कृति अनिवार्य रूपमा प्रकाशन गराउनको लागि दवाव तथा माग पेश गरिने ।
(३) साझा प्रकाशनबाट प्रकाशित हुने गरिमामा अनिवार्य रुपमा १ अङ्कमा २ जनाको गजल प्रकाशित तथा अनिवार्य रुपमा साझा प्रकाशनबाट वर्षमा २ वटा (एकल) गजलको कृति प्रकाशन गराउनको लागि दवाब तथा माग पेश गरिने ।
(४) शैक्षिक पाठ्यक्रमहरूमा अनिवार्य रुपमा गजल समावेश गराउनका लागि नेपाल सरकार शिक्षा मन्त्रालय र पाठ्यक्रम विकास केन्द्र समक्ष दवाब तथा माग पेश गरिने ।
(५) नगरपालिका, गाउँपालिका तथा वडाहरूले गजललाई उच्च स्थानमा राखी कार्यक्रम गर्दै आइरहेको हुँदा यसैलाई मध्यनजर गर्दै वर्षमा एक पटक एक दिवसीय (सातै प्रदेशबाट गजलकारहरूको प्रतिनिधत्व हुने गरी) गजल गोष्ठी आयोजना गर्नको लागि काठमाडौँ महानगरपालिका समक्ष माग पेश गरिने ।

