आज देशभर मेघ गर्जनसहित पानिपर्ने सम्भावना

  श्रावण ०५, २०७९

मिडियाबाजी डटकम काठमाडौं : मनसुनी वायुको प्रभावले आज देशभर मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केहि उत्तरतिर रहेको छ । जसले गर्दा अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ ।

आज बिहीबार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।त्यस्तै, आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।

देशको पहाडी भूभागका धेरै स्थानमा र अन्य भूभागका केहि स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र प्रदेश १ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको प्रक्षेपण छ ।
 

तपाईंको प्रतिक्रिया

थप खबर