आज दिउँसो एक बजे मन्त्रीपरिषद्को बैठक बस्दै

  श्रावण १९, २०७९

मिडियाबाजी डटकम काठमाडौं,श्रावण १९। आज दिउँसो मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ । आजको बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मितिबारे निर्णय गर्ने सम्भावना छ । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आजको मन्त्रिपरिषद् बैठकले निर्वाचनको मितिबारे निर्णय हुनसक्ने बताए ।

सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन गर्ने तयारी गरेको छ । चुनाव मंसिर ४ मा गर्नेबारे बुधबारको सत्ता गठबन्धनको बैठकमा सहमति भएको थियो । निर्वाचन आयोगले भने सरकारलाई मंसिर २ गते चुनाव गराउन सुझाव दिएको थियो ।चुनावको मिति घोषणापछि पनि संसद कायमै रहने सत्ता गठबन्धनका नेताहरूको बुझाइ रहेको पाइन्छ ।

तपाईंको प्रतिक्रिया

थप खबर