आज कति छ सुनचाँदीको भाउ ?

  १९ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख ७ ।   नेपाली बजारमा शुक्रबारको तुलनामा आज (आइतबार) सुनको मूल्य स्थिर छ । आज पनि शुक्रबार जस्तै सुन प्रतितोला रू एक लाख ९० हजार ८०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदी रू एक हजार ९६० कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ३१५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
गत साता ६ दिनमै सुन तोलामा १६ हजार रुपैयाँ बढेको थियो ।

गएको बिहीबार सुनको मूल्य तोलामा तीनहजार ६ सय रुपैयाँ बढेर एक लाख ९० हजार ६ सय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो । बुधबार पनि सुन तोलाको २७ सय रुपैयाँ बढेको थियो । यसअघिका तीन दिनमा सुन तोलामा १० हजार ६ सय रुपैयाँ बढेको थियो । गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो । त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि उच्च बन्न थालेको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर