मिडियाबाजी डटकम काठमाडौँ , असोज १० । कालीमाटी फलफूल तथा तरकारी बजारमा अधिकांश तरकारीको भाउ सस्तिएको छ । अघिल्लो दिनको तुलनामा सानो गोलभेँडा, मुला, बोडी, घिउ सिमी, टाटे सिमी, तिते करेला, लौका, परवर, घिरौंला, फर्सी, बरेला, स्कुस, साग सस्तिएको छ ।
बिहीबार प्याज अधिकतम प्रतिकिलो ११२ रुपैयाँमा झरेको छ । अघिल्लो दिन ११५ रुपैयाँ थियो । त्यस्तै स्थानीय बन्दा ५०, लाम्चो भन्टा २५, डल्लो भन्टा ३५, तने बोडी ७०, घिउ सिमी ६०, टाटे सिमी १००, तिते करेला ७०, लौका ४०, परवर ७०, चिचिन्डो २५, घिरौंला ७०, भिण्डी ४५, बरेला १३० रुपैयाँ प्रतिकिलो कारोबार भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
समितिका अनुसार कन्य च्याउ १८०, डल्ले च्याउ ३००, कुरिलो ५०० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । रातो आलु अधिकतम ८१, मुडे रातो आलु ७२, रातो मुला ३५, सेतो मुला २५ रुपैयाँ प्रतिकिलो कारोबार भएको छ ।