आज एकै दिन २२ सयले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

  कार्तिक २९, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , कार्तिक २९ ।  नेपाली बजारमा केहि दिनयता लगातार सुनको भाउ ओरालो लागिरहेको छ । आज सुनचाँदी दुबैको मूल्य घटेको छ ।

आज सुनको भाउ तोलामा २२ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला १ लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला ३५ रुपैँयाले घटेको छ । आज चाँदी तोलामा १ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १९ सय ४० रुपैयाँमा कारोबार भइरहेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर