मिडियाबाजी डटकम काठमाडौँ, फागुन १६ । आजदेखि नेपाल मजदुर किसान पार्टी नेमकिपाको आठौँ महाधिवेशन सुरू हुँदैछ । महाधिवेशन यही फागनु १९ गतेसम्म चल्ने सो पार्टीले जनाएको छ । नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईँले नेमकिपाको आठौं महाधिवेशनले देश तथा विदेशका विभिन्न विषयमा कन्द्रित भएर बृहत् छलफल गर्दै विभिन्न एजेण्डा पारित गर्ने बताए ।
उनले महाधिवेशनका लागि काठमाडौं, भक्तपुर, ललितपुरसहित सातै प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधि, पर्यवेक्षक र कार्यकर्ताको सहभागिता रहने उनले जानकारी दिए ।
आज बिहान १० बजे कमलविनायकको लान्चाफल्चा, मध्यपुरथिमिको बोडे, सूर्यविनायकको सूर्यविनायक बस बिसौनी, काठमाडौँको कोटेश्वर, ताथलीलगायत ठाउँमा बाजागाजा, झाँकी, विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै दिउँंसो १ बजे सल्लाघारीमा पुगेर उद्घाटनसत्रमा परिणत हुने उनले बताए ।
अध्यक्ष नारायणमान विजुक्छेँ रोहितको नेतृत्वमा विसं २०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टीको स्थापना भएको जानकारी दिँदै उनले पार्टीको पहिलो महाधिवेशन २०४७ सालमा भैरहवामा भएको बताए । पार्टीको सातौं महाधिवेशनसम्ममा पार्टी संस्थापक अध्यक्ष नारायणमान बिजुक्छेँ ९रोहित०लाई नै सर्वसम्मत अध्यक्ष चुन्दै आएको छ ।