आइपिओ निष्कासन गर्दै सानिमा मिडिल तमोर हाइड्रोपावर

  पुष २६, २०७९

मिडियाबाजी डटकम काठमाडौं,पौष २६ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आगामी माघ ४ गतेदेखि साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन आइपिओको बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले जारी पूँजी रु तीन अर्ब ३३ करोड २५ लाखको १० प्रतिशत अर्थात् रु ३३ करोड ३२ लाख ५० हजार बराबर रु एक सय दरका ३३ लाख ३२ हजार पाँच सय कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गर्न लागेको हो ।

त्यसमध्ये आयोजना अति प्रभावित क्षेत्र फुङलिङ नगरपालिका वडा नं १, २, ९ र १०, फक्ताङलुङ गाउँपालिका–१ तथा भिक्वाखोला गाउँपालिका १ र २, मेरिङदेन गाउँपालिका २ र ३, आठराई त्रिवेणी गाउँपालिका–५ तथा मैवाखोला गाउँपालिका–१ मा बसोबास गर्ने बासिन्दाका लागि ४० प्रतिशत अर्थात् १३ लाख ३३ हजार कित्ता र आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ्गका बासिन्दाका लागि ६० प्रतिशत अर्थात् १९ लाख ९९ हजार पाँच सय कित्ता शेयर निष्काशन गर्न लागेको सार्वजनिक आह्वानपत्रमा उल्लेख छ ।

तपाईंको प्रतिक्रिया

थप खबर