मिडियाबाजी डटकम काठमाडौं । सुनको भाउ आइतबार तोलामा २ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख ६ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, शुक्रबार छापावाल सुन तोलाको १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ५ हजार ३ रुपैयाँ निर्धारण भएको थियो । यता, आइतबार चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर १३ सय ६५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ १३ सय ८० रुपैयाँ कायम रहेको थियो ।