आइतबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढ्यो

  मङि्सर २५, २०७९

मिडियाबाजी डटकम काठमाडौं । आइतबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेर १ लाख ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख रुपैयाँ निर्धारण भएको छ । यसअघि, शुक्रबार छापावाल सुन तोलाको १ लाख ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको ९९ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो । आइतबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १४०० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ १३ सय ९० रुपैयाँ कायम रहेको थियो । अन्तरराष्ट्रिय बजारमा पनि सुनको भाउ प्रति आउन्स १७ सय ९७ डलरमा कारोबार भइरहेको छ ।

पछिल्लो समय अन्तराष्ट्रिय बजारमा पनि सुनको भाउ लगातार बढ्दै गएको छ । अन्तरराष्ट्रिय बजार अनुसार नेपालमा सुन–चाँदीको मूल्य निर्धारण हुने गर्दछ ।

तपाईंको प्रतिक्रिया

थप खबर