आइजीपी कुँवरसहित नौं उच्च प्रहरी अधिकारी एकसाथ आजदेखि सेवा निवृत्त हुँदै

  चैत ०३, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र ४ ।  प्रहरी महानिरीक्षक (आइजीपी) वसन्तबहादुर कुँवरसहित नौं जना उच्च प्रहरी अधिकारी आज (सोमबार) देखि एकसाथ सेवा निवृत्त हुँदैछन् । २०७९ चैत १० गते आईजीपी नियुक्त भएका कुँवर ३० वर्षे सेवा अवधि पूरा गरेर अवकाशमा जान लागेका हुन् ।

कुँवरसँगै एआईजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराई पनि अवकाशमा जाँदैछन् । उनीहरूकै ब्याचमेट डीआईजीहरु गणेश चन्द, भोला रावल र ध्रुवराज राउत पनि आजैदेखि अवकाश हुन लागेका छन् ।

टेकप्रसाद राई कुँवरसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) भएर आईजीपीको प्रतिस्पर्धामा थिए । सो ब्याचका श्यामलाल ज्ञवाली र किरण बज्राचार्यले यसअघि नै अवकाश पाइसकेका छन् । जनक भट्टराई केही दिनअघि मात्र एआईजीमा बढुवा भएका हुन् ।

अवकाशमा जान लागेका डीआईजी गणेश चन्द सुदूरपश्चिम प्रदेशको प्रमुख छन् । भोला रावल गण्डकी प्रदेशको प्रमुख छन् । रावल आइतबार नै गण्डकी प्रदेश प्रहरी कार्यालयबाट बिदा भएर काठमाडौँ आएका छन् । कुँवरसहितका उच्च अधिकारीहरु अवकास भएसँगै अब प्रहरीमा उनीहरुकै वैकल्पिक टोलीले कमाण्ड गर्ने भएको छ ।

को आउँलन् नयाँ आईजीपी ?
कुँवरको अवकाशसँगै नेपाल प्रहरीको ३१ औ आईजीपी को होलान् भन्नेबारे चासोको विषय बनेको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले कुँवरलाई वरियताको आधारमा आईजीपी नियुक्त गरेको थियो । कुँवर वरीयता सूचीको १ नम्बरमा थिए । नयाँ प्रहरी ऐन आउन ढिला हुने र ३० वर्षे नहट्ने भएसँगै आईजीपी कुँवरलाई सोमबार प्रहरी प्रधान कार्यालयबाट बिदाइ कार्यक्रम राखिएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर