मिडियाबाजी डटकम काठमाडौं, माघ १७ । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समक्ष सिंहदरवारमा भेटगरी उद्योग व्यवसाय प्रवद्र्धनका बिषयमा छलफल गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डल र उद्योग मन्त्री बीच सम्पन्न भेटवार्तामा अध्यक्ष गोल्छाले अस्थीर ब्याजदरका कारण विशेषगरि साना व्यवसायी अत्यन्त प्रताडित हुनु परेको बताए ।
इन्धनको मुल्य समायोजन हुन नसक्दा लागत बढ्न गै मुद्रास्फितिमा समेत चाप परेको तथ्य उहांले राखे । उद्योगहरुमा अघोषित लोडसेडिंगका कारण उत्पादन थप प्रभावित बनेको, बजारमा उधारोको समस्या विकराल बन्दै गएको अवस्थामा उधारो उठाउने सम्बन्धि कानुन यथाशीघ्र ल्याउनुु पर्नेमा जोड दिए । कोभिड यता लगानी हुन नसकेका कारण आगामी केहि बर्ष अर्थतन्त्रमा समस्या कायम रहने कुरा पनि अध्यक्ष गोल्छाले सो अवसरमा राखे ।