अवकाशको एक महिना अघि नै एआईजी केसीले दिए राजीनामा

  माघ २७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , माघ २७ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीले अवकाशको ४० दिन अगाडि नै राजीनामा दिएका छन्। अवकाशमा जान ४० दिन बाँकी छँदै उनले शुक्रबार नै राजीनामा दिएको स्रोतले जानकारी दिएको छ ।

केसी प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा कार्यरत छन् । उनी हालका प्रहरी प्रमुख आईजीपी बसन्तबहदुर कुँवरकै ब्याजी हुन् । उनलाई पुस २६ गते बसेको मन्त्रिपरिषद बैठकले एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

सेवा अवधि आगामी चैत ५ गतेसम्म रहे पनि केसीले पहिले नै राजीनामा दिएका हुन्। गएको पुस १७ गते बढुवा समितिले कुवेर कडायत र उनलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो। बढुवासँगै उनी प्रदेश समन्वय विभागमा पदस्थापन भएका थिए । अब बस्ने मन्त्रिपरिषद् बैठकले उनको राजीनामा स्वीकृत गर्नेछ।

तपाईंको प्रतिक्रिया

थप खबर