मिडियाबाजी डटकम काठमाडौँ , भाद्र २२ । संघीय संसद, प्रतिनिधिसभा, अर्थ समितिको बैठक आइतबार बस्ने भएको छ । आइतबार सिंहदरबारस्थित अर्थ समितिको बैठक कक्षमा बस्ने सो बैठकमा बैंकिङ कसुर तथा सजाय ९दोस्रो संशोधन० विधेयक, २०८० उपर दफावार छलफल हुने संघीय संसद् सचिवालयले जनाएको छ ।
त्यसैगरी, प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे तथा राष्ट्रियसभाको बैठक मंगलबार बस्ने भएको छ ।