अरूको नाममा दर्ता भएको सिमकार्ड प्रयोग गर्नुहुन्छ भने होसियार

  पुष ०५, २०७९

नेपाल टेलिकमले आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड हराएमा/बिग्रिएमा स्वयं उपस्थित भई सिमकार्ड प्राप्त गर्न अनुरोध गरेको छ।

 राष्ट्रिय परिचय पत्र, नागरिक एप, बैंकिङ सेवा तथा सामाजिक सञ्जाल लगायत विभिन्न डिजिटल गतिविधिहरूमा मोबाइल नम्बरको प्रयोग गर्नुपर्ने अवस्था देखिएकोले टेलिकमले उक्त अनुरोध गरेको हो। मोबाइल नम्बर प्रयोगकर्ता ग्राहक स्वयंको नाममा दर्ता भएको खण्डमा मात्र मोबाइल बैंकिङलगायत सुविधाहरू सुरक्षित रूपमा प्रयोग गर्न सकिने टेलिकमले बताएको छ।अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल बैंकिङको दुरुपयोग भई अनधिकृत व्यक्तिबाट रकम गुमाउनु पर्नेसम्मको अवस्था तथा सामाजिक सञ्जालको दुरुपयोग भई अनेक कानूनी झमेलामा समेत पर्ने सम्भावना रहेको कम्पनीको भनाइ छ।

टेलिकमले नयाँ सिमकार्ड लिदा वा सिमकार्ड परिवर्तन गर्दा निम्न मापदण्डहरू कार्यान्वयनमा ल्याएको छ ,नयाँ सिमकार्ड लिनका लागि ग्राहकले आवेदन फाराममा आवश्यक विवरणहरू स्पष्ट रुपमा भरेको तथा ग्राहकको नाम, ठेगाना, परिचय पत्र जारी भएको जिल्ला र मिति तथा आधिकारिक परिचय पत्र नम्बर र सम्पर्क नम्बर स्पष्ट रुपमा लेख्नु पर्नेछ।

तपाईंको प्रतिक्रिया

थप खबर