- हरि खतिवडा
मिडियाबाजी डटकम काठमाडौं,असोज ६। नेपालीमा एउटा उखान छ नि “भूँइको टिप्न खोज्दा पोल्टाको खस्यो “हो त्यस्तै बाटोमा लम्किरहेका छौँ हामी ।अरु देशले आफ्नो सँस्कृतिलाई मोडिफाई गर्दै विश्वलाइ आफ्नोपन चखाउँछन् ,हामीभने आफ्नोपन भुलेर अरुको नक्कल गर्न आफूलाइ महाजन ,धनाड्य महसुस् गर्छौ।हाम्रो सँस्कृतिको फरक पनलाई महशुस् गर्न बिदेशी पर्यटक मरिहत्ते गरेर नेपाल आउँछन् ,हामीभने खिस्स दाँत देखाएर लन्डन पाउडर लगाएर स्वदेशी अर्गानिक चामल ,मकैको पिठो हो भनी घमन्ड गर्छौँ।अनि हामी बिर्सन्छौँ,भुल्छौँ,त्यो पर्यटक हामीले नाम मात्र सुनेको लन्डन घुमेर नेपाल आएको हो भनेर ।
म पनि टक्क बढो सान र फुर्तिसाथ कोट पाइन्ट लगाएर शसुराली जान्छु क्या ज्वाँइसाब बनेर । हो हुनत मेरा शसुरा बा !दौराशुरुवाल लगाउनुहुन्छ अनी ज्वाँइसाबको कोटपाइन्टमा मख्खीनुहुन्छ,तर मेरा जेठानको अगाडी दौरा शुरुवाल लगाउने हो भने ,उनको महङ्गो कोटलाई पनि मात ख्वाइदिन्थेँ ।किनकी मेरो जेठानलाई थाहाछैनकी दौराशुरुवालको महत्व र महङ्गाइ। यो एउटा प्रतिनिधी उदाहरण हो पोशाकको।
खानपिनमा पनि हामीले आफ्नोपन भुलीसक्यौँ।उ बेला मेरा हजुरबुबाले मकैको रोटी अनी दही मुछेर खाँदा तीन जनाको भाग काम एक्लैले गर्नुहुन्थ्यो तर आज म अजिनो मिसिएको चाउचाउको भरमा खेतमा पानीलगाउन पनि खुइ !खुइ!गरिरहेको छु ।हरे! मेरो खानपिन ,मेरो दुर्दशा।हरेक हाम्रा खानपिनमा रसाएन नमिसाउने हो भने ,मकैको पिठोलाइ आगोको भुङ्रोमा पकाएर खाने स्वाद तागत पिज्जा बर्गरको भन्दा बेसी छ।अरु त के कुरा , हामी हाम्रै भाषालाई पनि कम प्रयोग गर्न थालिसक्यौँ ।कति सुमधुर सुनिने शब्द” आमा “लाइ ममी, मम् आदीमा भनेर बिदेशीलाइ पनी नेपाली भाषामा पनी आमालाई ममी सिकाइरहेका छौँ। त्यस्तै विवाह बन्धनका कृयाकलापमा पनी हामी हाम्रो बस्तुस्थिती भुलिरहेका छौँ।
आजभोलि त बिदेश त्यो पनी खाडीमुलुक होइन युरोपेली देश गएका केटा आफ्नी छोरीका लागि ज्वाँइ खोज्ने होडबाजी चलेको छ।हरेक ट्याक्स र सेवा शुल्क तिर्दा यहाँको सरकारी जागिरेको भन्दा कम तलब खाँदा नामर्द बन्ने गरेको छ स्वदेशी ठिटो।।अनि हामी कसरी आफ्नोपन सुरछ्या गर्न सक्छौँ। हरेक बस्तुहरूमा हामीले बिदेशी बस्तुहरू प्रयोग गर्दा हाम्रा बस्तुहरू कक्टेल बनिरहेका छन् ।कुन स्वाद ,कुन रङ्ग,कुन पहिचान?हाम्रा हरेक बस्तुहरु हाम्रो चिनारी मात्र नभएर बहुआयामिक बस्तुहरूसँग परनिर्भर भइरहेका हुन्छन्।जस्तो सगरमाथा हाम्रो चिनारीमात्र नभएर गौरब ,विदेशी भित्र्याउने ,रोजगारी प्रदान गर्ने ,बिदेशी मुद्रा आर्जन गर्ने आधार हो।त्यस्तै हाम्रो भाषा, सँस्कृति ,भेषभुषा ,रहनसहन ,चाडपर्व हाम्रा लागी पहिचान हो चिनारी हो ।
भाबी सन्ततिका लागी पनी हामीले आफ्नोपन जोगाइराख्न अत्यावश्यक भइसक्यो।हामी आफैमा सजग सचेत रही सरकारबाट पनी ठोस कार्यक्रम तर्जुमा एवं कडाइका साथ कार्यान्वयन गर्नु हामीसबैको आफ्नोपन जोगाउने दरिलो आधार स्तम्भ हुन सक्दछ।जय!देश।जय !आफ्नोपन ।
- हरि खतिवडा मिडियाबाजी डटकममा विचारका नियमित लेखक हुन् ।