मिडियाबाजी डटकम काठमाडौं,भाद्र २९। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारसहित ७ बुँदे माग राखेर डा.गोविन्द केसीले धनगढीमा २०औँ आमरण अनसन गरेको तीन दिन भएको छ। तेश्रो दिनमा डा. केसीको स्वास्थ्यमा समस्या देखिएको हाे।
चिकित्सकको टोलिले अस्पताल भर्ना गर्न भनेपनी डा.केसीले अस्विकार गरेका छन्। अवस्था जटिल भएपनि आफूलाई कुनै औषधि नचढाउन उनले आग्रह गरेका छन्।आज नियमित जाँच गर्दा रगतमा ग्लुकोजको मात्र एकदम कम देखिएको चिकित्सक शेरबहादुर कमरले बताए। यसैगरी सेतो रक्त कोशिका पनि कम देखिएको छ भने पिसाबमा किटोन देखिएको चिकित्सकले बताएका छन्।