अजरवैजान लगेर ठगी गर्ने सुनार पक्राउ

  बैशाख १३, २०८०

मिडियाबाजी डटकम काठमाडौं, वैशाख १३ । दाङ जिल्लाको लमही नगरपालिका वडा नं ५ बस्ने २५ बर्षिय भिम कुमार सुनारलाई अबैध ठगि गरेको भन्दै पक्राउ गरिएको छ । अजरबैजानको होटलमा मासिक ७०० डलर तलब हुने कामको लागी पठाइ दिन्छु भनि रु ८,५०,०००। लिएर अजरबैजान पुर्याई ५ महिना सम्म अलपत्र पारेर ठगि गरेको भनी कमल प्रसाद भण्डारीले बैदेशिक रोजगार बिभागमा जाहेरी दर्खास्त पेश गरेपश्चात पक्राउ गरिएको हो ।

उनलाई बैशाख १२ गते काठमाण्डौ बाट पक्राउ गरी आबश्यक कार्वाहीको लागी सुनारलाई बैदेशिक रोजगार बिभागमा पठाईएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर